नौ-नौ महिना कोखमा राखी
खप्नु दुःख खपिन् तिनले
म दुखी नहोस् भनी
आफ्नो खुसी त्यागिन् उनले।
मलाई संसार जिताउन
विश्वसामु हार्थिन् उनी
आमाजस्तो देउता मान्छे
भेट्दिनँ म संसार घुमी।
हिजो जस्तो लाग्छ तिनले
डोहोराएको हात समाइ
एक दिन रुनु परेन मलाई
बिते ती पल रमाई-रमाई।
आज म ठूलो भएँ
सबै श्रेय तिमलाई जान्छ
तिम्रो गुनको भारा तिर्न
मलाइ सत्र जुनी लाग्छ।
सबै कर्तब्य पूरा गर्यौ
लायौ मलाई गुन ठूलो
तिम्रो गुनको पैँचो तिर्ने
अब आयो मेरो पालो।
उबेला तिमी दुख्नेहरू
अब तिमीलाई देख्दा लुक्ने हुन्छन्
उबेला तिमीलाई भुक्नेहरू
अब तिम्रो सामु झुक्ने हुन्छन्।