सप्तरंगी बगैचामा उड्दै गरेकि
पुतली पंख फैलाइ संसार डुल्ने सपना देख्थी
कुनै दिन जुन छुन्छु भन्दै
रातमा आकास तारा गन्थी
बिहे हुँदा पढ्दै थिइ
उमेरमा पनि बच्चै थिइ
वरिपरीको परिवेसमा कच्चै थिइ
कसैले केहि भन्यो भने
मुख फर्काउन जानेकी थिइन
एक्लै कुना वसी रून्थी
कसैले देख्छ्न कि भनी
हत्पत् आसु पुछ्थी
लागेको चोटलाई मेकपले छोप्थी
सबैका अगाडि सज्जन् सुशील
गाई जस्ति बुहारी थिइ
श्रीमानका लागि ३२ सैं गुणले भरिएकी
एक असल गृहिणी थिइ
समयले नेटो काट्यो
उमेर पनि परिपक्क भो
जेन तेन पढाइ पुरा भो
लर्खराउँदै भए पनि आफ्नै खुट्टामा
उभिन सकिने भो
परिवेश र परिस्थिति आफू अनुकूल भो
अन्यायको विरूद्ध आवाज
उठाउने मनस्थिति भो
अस्तिकी सुशील र सज्जन् आज
चोथाले र झगडालु देखिई
घरेलु हिम्साका विरूद्ध आवाज उठाउँदा
कलंकिनी र अलछ्छिनी देखिई
कुनै बेला ३२ सैं गुणले भरिएकी आज
घर भडुवाको रूपमा देखिइ
समाजले पनि उही माथि
औला ठडाउन थाले
न्यायालएका ढोकाहरू पनि
धोरमोराउन थाले
जीन्दगीभर साथ दिन्छु भन्नेहरूले
घर न घाटको बनाएरै छाडे
अब उसको प्रश्न समाजलाई
सुशील र सज्जन बन्नका लागि
अन्याय सही रहनु पर्ने नै हो त ?
शारीरिक र मानसिक पीडा
बिरूद्ध बोल्नै नपाउने हो त?
आफू माथि हिंसा भो भन्दा
कलंकित हुनैपर्ने हो त ?
के मैले सपना देख्दै नपाउने हो त?