मैले र मेरो आमाले यी कुराहरू राखेका छौँ
थोत्रो ल्यापटप
प्रेसरकुकर
केही जोड लत्ता कपडा
आमाले दुःख गरेर संगालेको घ्यू
मैले जिन्दगीमा कमाएका सर्टिफिकेट
सिरक
डसना
थाल
कचौरा
र गुन्द्रुक
मेरो मनभित्र भने यी कुराहरू बोकेको छु-
मेरो बाथले सिथिल बुढो हजुरबुबा
मेरी आमाको अनुहार
मेरो बाबाको अगाध दुःख
मेरी दिदीको संघर्ष
मेरो प्यारो गाउँ ढिकुरपोखरीको माया अनि स्नेह
र हाम्रो परिवारको भविष्य।
मेरो झोला त हलुङ्गो छ
मेरो जिम्मेवारी भने गह्रुङ्गो छ।