ओठमा आउने मुस्कानभन्दा
आँखामा आउने आँसुबाट खुसी मिल्न थालेपछि
फिर्ता दिनुछ समयलाई एउटा हारेको जिन्दगी
अनि कयौं पटक प्रयास गर्दा नि साकार नभएका सपनाहरू
कति समयसम्म सहने यी सयौं मान्छेका कयौं शब्द र व्यवहार
भन्दे न हे जिन्दगी, अब तँलाई के चाहिएको छ?
बाको फोनको घण्टी कटाउँदै प्रेमिकालाई फोन गरी
घण्टौंसम्म कुरा गर्न सक्ने भयो भाइ
माई लाइफ माई च्वाइस भन्दै आफ्नो
रोजाइको वस्त्र लगाउँदै हिँड्दै सहरीया भएँ म
बालाई त्यो बुढ्यौली स्वरमा छोडेको
बा म तपाईंकै सपना पूरा गर्दैछु भन्ने शब्द र
आमालाई त्यो सारीको मुजा झैं मुजा परेको गालामा
मुस्कुराउँदा छोरीमा देखेको सपना चाहिएको छ।
छोरा मान्छेलाई केही चिन्ता पीर हुँदैन, कहिल्यै आँसु झार्दैनन्
कति निष्ठुरी भन्नेहरूक लागि
हर परिवारको जिम्मेवारीले जिन्दगी
जुवा काँधमा भिरेर अघि भढेका तिमी पुरुषहरूलाई
थकाइ लाग्द एकछिन बिसाउनलाई सजिलो हुने
चौतारीजस्तै व्यक्ति चाहिएको छ।
पल्ला घरकी चमेलीको जस्तो केटासँग विवाह नगर है
भन्दै डाक्टर र इन्जिनियर नखोज्नू न बा
उद्देश्य फरक भए पनि सपना त एउटै हो नि
म र पल्ला घरकी चमेलीको
त्यसैले मलाई दाइजोको भविष्य हैन
दाइजो बिना हामी दुई बाँच्न सक्ने
भविष्य चाहिएको छ।
मैले यो देशमा यहाँ यति विकास गरेँ भन्दै
कुनै पनि मञ्चमा भाषण नगर्नूहोला महोदय
जुन देशमा शिक्षा र स्वास्थको राजनीतिको भ्रष्टाचार हुन्छ
त्यो देश विकास हुन गाह्रो छ, तपाईं ढुक्क हुनुहोस्
त्यसैले यो देशलाई विकास नै गर्नुछ भने
भ्रष्टाचारको अन्त्यका लागि शिक्षा र स्वास्थमा विकास चाहिएको छ।