कविता
तिमी शपथ खान्छौ
पासपोर्ट छिटो बनाउन।
जनता महंगी खान्छन्
भोक ढिलो लगाउन।
तिमी कुर्सी पाउँछौ
जाँगरहरू अन्तै पठाउन।
जनता रोग पाल्छन्
भएको छानो जोगाउन।
तिमी सपना ओकल्छौ
हाम्रा बिपनालाई तर्साउन।
जनता अन्याय सहन्छन्
तिम्रो शपथ जोगाउन।
पासपोर्ट त बन्यो रे छिट्टै!
पठाइदेऊ सबै विदेश तुरून्तै।