ओहो! म साँच्चै कसैको पहिलो प्रेम थिएँ
कति स्याहार गर्दा पनि पूर्ण रुपमा फुल्न नसकेको
उसको जीवनको बगैंचामा रमाएर झुल्न नसकेको
अनि, आज पनि उसले भुल्न नसकेको
आज वर्षौंपछि उसको मेसेज आयो
मैले सामान्य जवाफ फर्काएँ
उसले केही प्रश्न गर्ने चाहना राख्यो
हुन्छ भनेँ
तर सोधेन, अर्को पल्ट बोल्ने बहाना राख्यो
अर्को पल्ट सायद हाम्रो संवाद हुन्न होला
सोध्न चाहेको प्रश्न सम्म पुग्नु अघि सोध्नुपर्ने प्रश्नको नै उत्तर नपाउँदा मन खिन्न होला
तर यो उसको हितमा छ मैले निष्कर्ष निकालेको छु
राम्रो लाग्दैन मलाई जब उ नभनिकनै भन्छ
आज पनि तिम्रो याद कर्तव्य सम्झेर पालेको छु
म ब्यवहारिक मान्छे हुँ
हात बाट छुटिसकेको कुरालाई मनबाट पनि बिदा दिनुपर्छ मान्छु
मान्छेले वर्तमानमा बाँच्नुपर्छ ठान्छु
त्यसैले जसरी पहिले हिँडेको थिएँ आज पनि आफ्नै रोजाइको बाटोमा जान्छु
उ भुलोस् मलाई
आफ्नो वर्तामानमा रमाओस्
मेरो चिन्ताले सताएको हो भने खुसी छु यो थाहा पाओस्
जिन्दगीमा मान्छेले सम्झिंदा मात्र होइन भुल्दा पनि खुसी थपिन्छ
म चाहन्छु त्यो दिन छिट्टै आओस् ।