के यो सत्य होला त?
परमात्माले आकाश मात्र बनाए
आकाशबाट वायु
वायुबाट अग्नि
अग्निबाट जल
जलबाट पृथ्वी
र
पृथ्वीबाट जगत बन्यो
म र गुहुँको किरो
यही जगतले बनायो।
यो सत्य होस्
नेता इमान्दार जन्मिऊन्
इमान्दारिताले त्याग
त्यागले योजना
योजनाले विकास
विकासले रोजगार
रोजगारले अवसर
अवसरले समानता
समानताले सजकता
र
सजकताले सम्पन्नता जन्मनेछ
आन्तरिक र बाह्य दुवै।
इमान्दार नेता भएको ठाउँमा
जनता कामचोर हुन्नन्
कामले कर्तव्य जन्माँउछ
कर्तव्यले अधिकार
अधिकारले दायित्व
दायित्वले अपनत्व
अपनत्वले प्रेम
प्रेमले प्रेरणा
र प्रेरणाले प्रगति
अनि
विमानस्थलमा लास गणक चाहिन्न।
सृजना धेरै गर्न पर्दैन
सृजनाले सृजना गरोस्।