आज खोजिरहेछु त्यो नजर मात्र एक पलको लागि
जुन नजर कुनै समय हरपल मलाई नै निगरानी गरिरहेका हुन्थे
आज भौतारिरहेको छु मात्र एकचोटि त्यो आवाज सुन्न
जुन आवाज कुनै दिन हरपल मेरा कानमा गुनगुनाइरहन्थ्यो
खै आजकाल किन शान्त छ त्यो मन
जुन कुनैबेला एक्छिन म कतै लुक्दा अत्तालिने गर्थ्यो
खै आजकाल किन चुपचाप छ त्यो चञ्चलता
जुन कुनै बेला हरेक पल अन्यायसै मलाई सताउने गर्थ्यो
खै आजकाल कता हराए ती मिठा संवादहरू
जुन संवादहरूमा दुखी मन पनि खुसी हुने गर्थ्यो
आजकाल हरेक पल कुरिरहेछु मात्र एउटा संवादलाई
जुन संवादहरूले कुनै बेला पूरै रात कट्ने गर्थ्यो
पहिला टाढाको यात्रा गर्दा नि नथाक्ने ती गोडाहरू
आज दुई पाइला सर न भन्दा नि सक्दिनँ भन्ने भएछन्
एउटै गन्तव्यमा त हिँड्दै थियौँ हामी
तर दोबाटोले सँगै चलेका पाइला टाढा भएछन्
आज एक्लै हिँड्दै प्रार्थना गरिरहेको छु कि
त्यो दोबाटो कुनै बिन्दुमा पुगेर फेरि मिलन होस्
आज सँगै भएर नि साथ छुटेको छ
तर कुनै दिन दूरी लामो भए नि यो साथ अटुट रहोस्।