कविता
यहाँ नेपालाँ त साथी
दु:ख गर्यो
कमायो
खायो
भ्यायो
के पो बच्छ र बचायो!
र त फोनको राजा भन्छ्न् नि
हो त्यो
आइफोन सपना भो
जपना जत्ति भो
तँ त अमेरिका छ्स्
कमाइधमाइ राम्रो छ
समृद्ध छ तेरो संसार
एउटा आइफोन पठाइदेन यार
सम्झना हुन्छ
याद हुन्छ
मरिलानु के नै छ र
जति जोगाए नि त्यस्तै हो दोस्त
साथीको लागि केही गर्
बरू कोसेली केही चाहिन्न अरू
एउटा आइफोन पठाइदेन यार
तेरा फोटोमा 'लाइक' गरेकै छु
'कमेन्ट' नि हानेकै छु
कति 'पोस्ट शेयर' नि गरेकै छु
म्यासेन्जरमा च्याट नि गरेकै छु
भिडियो कल नि गरेकै छु
अलि 'क्लियर' इमेज आएन भन्छस्
साथीको लागि केही गर्
धेरै कञ्जुस नबन्, खुरूक्क तयार पार्
एउटा आइफोन पठाइदेन यार
तँलाई गुन्द्रुक पठाइदिन्छु
अर्गानिक अचार पठाइदिन्छु
'प्योर' घ्यू पठाइदिन्छु
के चाहियो गाउँको उत्पादन भन् बरू पठाइदिन्छु
तैंले मलाई त्यही एप्पलको एउटा उत्पादन पठाइदे
मायामा हिसाब नगर्
नाफाघाटाको कुरा नगर्
सम्बन्ध होइन व्यापार
मित्रताको बुझ् सार
सधैँ सुनु सुनु लाग्ने त्यो रिङटोन भएको
एउटा आइफोन पठाइदेन यार
आफ्नो भाइलाई परार साल पठाइदिएँ भन्थिस्
सालीलाई 'लास्ट इयर सेन्ड' गरेको भन्थिस्
यो साल फ्रेन्डलाई पठा
परिवारभन्दा माथि उठ्
दिमागलाई अलि फराकिलो पार्
मनलाई कोमल पार्
दयालु, मनकारी पार्
एउटा आइफोन पठाइदेन यार
सानोमा सँगै चुङ्गी थेगेको
गुच्चा खेलेको
मोजाको बलको भकुण्डो खेलेको
छ्ल्दी खोलामा सँगै नुहाएको
मैले तँलाई काक्रो चोरेरे खुवाएको
सबै पुराना कुरा एक पटक सम्झे यार
भाग्यको खेल कोही वार कोही पार
तेरो घरबारीको फोटो खिच्दै पठाउँदै गरूँला बरू
एउटा आइफोन पठाइदेन यार
एउटा आइफोन पठाइदेन यार।