जब जब श्रद्धेय बुवाआमा
झनै झनै बुढाबुढी हुनुभयो
विदेश गएका छोराछोरी सम्झेर
दिनरात धुरू-धुरू रूनुभयो
न छोरी फर्किने भन्छिन्
न त छोरो फर्किने भयो
चटक्कै छोडेपछि यो उमेरमा
मन चुँडिएर दुख्ने नै भयो
छामछाम छुमछुम गर्छन् बुढा
मोतीबिन्दुको अप्रेशन गर्नुपर्ने
मान्दैन सालो डाक्टरकाँ लान
श्रीमतीको भाइ भएर के गर्ने?
गाडी पठाउँछन कि भन्ने आशले
देवरलाई भन्नु नि भन्छिन् बुढी
बुढालाई समाती थेग्ने बुढी मात्र
आखिर जानु पर्यो ट्याक्सी चढी
सन्तानले सुख देलान् भनि के भन्नु
बुढाबुढी दुवै थला परे के हाल होला
फोनबाट 'ठिक छ?' भनि सोध्छन् मात्र
देश छोडी बगेपछि नफर्किने रैछ खोला
जब जब श्रद्धेय बुवाआमा
झनै झनै बुढाबुढी हुनुभयो
विदेश गएका छोराछोरी सम्झेर
दिनरात धुरू-धुरू रूनुभयो।