उनले भनिन्
पहिला तिमी बन्न पर्यो एक नम्बरमा नासु
बल्ल भन्न पाउने छौ मेरी आमालाई सासू
बेरोजगारी नै भयौ भने दिन्नन् है घरकाले छोरी
पछि भन्न पाउने छैनौ एक्लै छाडेर गई निष्ठुरी मोरी।
मैले पनि गर्न त तिमीलाई नै माया गर्छु
फेरि घरले दिएनन् भने भन्दिनँ है तिमीबिना मर्छु
तिमीलाई पाइनँ भने पनि अर्कै पाउँछु नासु
आखिरीमा तिमीले होइन, उसले भन्छ मेरी आमालाई सासू।
नासु भई मन्त्रालय गयौ भने बनाउँछौ छिट्टै घर
अन्तै गए पनि राम्रै कमाइ हुन्छ, नमान है डर
मेरो दाइ अनि भिनाजु पनि नासु नै हुन्
भाउजू र दिदीले लगाउनु हुन्छ टन्नै सुन
हुनेवाला मेरो उहाँ पनि नासु नै हुन पर्यो
नासु हुन सकेनौं भने यति बुझ हाम्रो माया मर्यो
अनि मैले भनेँ
तिमीले चिन्ता नलेऊ प्रिय, हुन्छु म नि छिट्टै नासु
तिम्रो आमालाई अरुले होइन मैले नै हो भन्ने सासू
मन्त्रीसँग मिलेपछि यहाँ सिसी क्यामराले पनि देख्दैन
तिमीलाई मेरो हुन प्रिय नासुको पदले छेक्दैन
म नासु बनेर अर्थ मन्त्रालय गई बजेट बनाउँला
चिन्ता नलेऊ मेरी सानू, हामीले पनि टन्नै पैसा कमाउँला।