कृषिप्रधान देशमा
कृषकप्रधान कार्यक्रम
कहिल्यै भएन
मेरा बाले ५० वर्षमा कोदाली बोक्दा पनि
मेरो ध्यान कृषिमा कहिल्यै गएन।
कृषिले बचाउँछ भन्दा भन्दा
कृषि आफै थला परेको थाहै भएन
म २२ वर्ष पुगिसक्दा पनि मेरो ध्यान
मेरा बाले चलाएका
कुट्टो कोदालोमा
कहिल्यै गएन।
म अनि मेरो सपना
कृषि थला परिसक्दा
कहिलै पूरा भएन
म २२ वर्ष पुग्दा पनि मेरो बाले
चलाएका हलोमा
मेरो ध्यान कहिल्यै गएन।
मेरो ती हजारौं
सपना कृषिसँगको
अब जीवित रहेन
मैले जति गर्दा पनि
मेरो बाले गर्नुभएको
जस्तो कृषि
कहिल्यै भएन।
मेरा ती अद्भूत परिकल्पना
कृषिसँगको रहेन
अब छैन केही आश
म जीवित रहँदा पनि
मैले परिकल्पना गरेको
कृषि भैसकेछ
बेवारिस लास।