भएर पनि नभएजस्तो
देखिने भए नि अदृश्यजस्तै
जल र थलमा उभिएको
एक्लो उभयचर
ऊ एकाङ्की मानव।
अपार स्थानबाट झरेझैँ
काखलाई बिर्सिएको
घरलाई बिर्सिएको
तर्कनामा रमाउने
ऊ एकाङ्की मानव।
भिडमा हराएको
आलय सल्लाह बिर्सिएको
आफ्नै तर्क बोकेको
एक कथित भरिया
ऊ एकाङ्की मानव।
शीतलता बिर्सिएको
अग्लो घरको छायामा
छहारी खोज्ने
एक फगत यात्री
ऊ एकाङ्की मानव।
आफैमा रमाएको
अभिभारा बिर्सिएको
दुनियाँ फगत लाग्ने
एक औधी अवतार
ऊ एकाङ्की मानव।