हामी कहिले उकालो, कहिले ओरालो बाटोसँग गफ गर्दै हिँडिरहेका थियौं। ऊ गफको बाहना पारि मेरो हात समाउन खोजिरहेको थियो।
म भने थाहा नपाए जस्तै गरी बेवास्ता गर्थें। ऊ भने अगाडि आएको कपाल लजाउँदै कानमा सिउरिदिन्थ्यो। बेला बखत कपडामा धुलो लागेको बाहना पार्दै टक्टक्याई दिन्थ्यो।
यस्तो हर्कतले उसले ख्याल गरेको देखाउन खोजेको हो वा बोल्ने बाहना खोजेको मैले बुझ्न सकिरहेकी थिइनँ।
हुन त त्यो दिन उसको र मेरो पहिलो भेट नै थियो। माघ महिनामा घाम लागे पनि हल्का जाडो नै थियो। उसको र मेरो भेट छ महिना पहिले साथीको विवाहमा भएको थियो।
त्यो दिन उसले मैले लगाएको सारीको खुबै तारिफ गरेको थियो। एक छिनको बोलचाल पछि नम्बर साटासाट पनि गरेका थियौं।
त्यो दिनको फोन नम्बर साटासाटले नै हाम्रो यो भेट जुराइदिएको थियो। त्यसपछि उसलाई पहिलो पटक भेट्दै थिए। फोन र च्याट परिसकेको हाम्रो माया पिरतीको औपचारिक रूपमा भेट हुँदै थियो।
मलाई धेरै कुरा सोध्नु थिएन किनकि सबैकुरा थाहा भइसकेको थियो।
त्यो दिन एकअर्का बीचको जसोजसो हामी हिँडिरहेका थियौं त्यो पर मोती झैं टल्किएको फेवाको पानी पनि हामीसँगै रोमान्टिक हुँदै हिँडिरहेको थियो। हेर्दाहेर्दै फेवाको पानीमा आकाशबाट झरेका मोतीहरू टुप्लुक्क टुप्लुक्क डुबुल्की मार्दै थिए।
तिनै डुबुल्की मारेका मोतीहरू मनमनै मायामा तैरिँदै हिँडिरहेको थियो। त्यसपछि त ठूलाठूला पानीका थोपाले हामीलाई खेदाउने नै भइहाल्यो। एक्कासि दर्कियो।
छेउको पसल अगाडि रोकियौं। जाडोले काँप्दै आछुऽऽऽऽ भन्न पुगेँ।
उसले पख् है त फुच्चु भन्दै आफ्नो ज्याकेट फुकालेर ओढाइदियो। हामीले एकअर्कालाई मायाले बोलाउने नाम राखेका थियौ उसको फुच्ची थियो। तर माया गाडा हुँदै गएपछि नामको पनि नाम फुच्चु भयो। अनि उसको नाम पुन्टु। तपाईंलाई जाडो होला नि त?
मुस्कुराँउदै उसले जवाफ दियो।
‘मेरो जाडो त तिमी छेउमा भएपछि कता जान्छ कता।’
म लजाए। उसको ज्याकेटबाट निकै मिठो बास्ना आइरहेको थियो। त्यसैले त्यो बास्नाको आनन्द लिन ज्याकेटको बाउलो नाकैमा राखे।
जाडोसँगै ज्याकेटबाट आएको बास्ना सुँघेर पानीका तरगंहरू सँगै मिलेर मनमनै उसको मायामा डुबुल्की मारिरहे। एकैछिन त आनन्दित महसुस भयो।
झट्ट एउटा कुरा भन्न मन लागेर उसलाई सोधे।
एउटा कुरा भनौँ?
उसले टाउको हल्लाई हाँस्दै हुन्छ भनेर संकेत दियो।
‘पुन्टु मलाई सुख्खा माटोबाट आएको रापको बास्ना एकदमै मनमर्छ। तपाईंको ज्याकेटबाट आएको बास्ना र रापको बास्ना उस्तैउस्तै लाग्यो। त्यही रापको बास्नाका कारण मलाई पानी परेको एकदम मनपर्छ नि।’ म उसलाई मेरो रोजाई सुनाउँदै थिए।
अझ सिमसिम पानीमा रूझ्दै माटोको रापको बास्नाको आनन्द लिन झनै मन लाग्छ।
बास्नाको कुरा गरको कारण ऊ मलाई उसको ज्याकेट मसँगै राख्न आज्ञा दिइरहेको थियो।
म दिने भए लाने भन्दै जिस्किरहेको थिए।
‘ज्याकेट किन मलाई नै लैजाऊ न तिमीसँगै?’ उसले भन्यो।
ऊ ज्याकेटको बाहनामा मलाई भेट्न चाहन्थ्यो।
यसरी सँगै भएपछि भेट्ने बाहना बनाउ पर्दैन भन्दै हामी दुवै जना गलल्ल हाँस्यौ। पानी रोकिने छाँट थिएन। आउने जाने गाडीले हानेका हिलोको छिटाहरूले पाइन्ट भरी काला बुट्टाहरू बन्दै थिए।
मनपर्ने रंग सेतो भएर आजको खास दिनमा लगाएको टिसर्ट भिजेर भित्री वस्त्र सबै छ्यारलाङ्ग भइसकेको थियो। म कुन दिनमा दशा लागेर आइएछ भन्दै बर्बराउँदै थिए।
मेरो मन घरजान आतुर भइसकेको थियो। एकछिनको मौनतापश्चात उसले मुख खोल्यो।
‘आजको यो दिन पनि जिन्दगी भरीलाई सम्झना हुनेभयो हैन त?’ उसले भन्यो।
उसले छड्के नजर बनाएर हेर्यो।
‘त्यो त पक्कै पनि। यो दिन कसले बिर्सियोस्, सबै निर्थुक्कै भइयो’ म भन्दै थिए, ‘आज त पक्का ज्वरो आउँछ।’
उसँग थोरै रिसाएझैं गरी भने ‘मसँग रिसाएकी हौकी क्या हो? अब मैले इन्द्र भगवानलाई आज बेस्सरी पानी पारिदिनु भनेको थिए, पुर्याइदिनुभो। धन्यवाद है ईन्द्र जी!
ऊ मलाई जिस्काउँदै थियो।
ऊ आकाशतिर हेर्दै बर्बरायो। जे पायो त्यही के, कसले दोष दियो फेरी हजुरलाई भन्दै उतापट्टी फर्किए।
अनि अघि तिमीलाई त पानी परेको मनपर्छ भनेको होइन, किन ठुस्केकी हँ भन त। उसले मुखबाट आएको खित्कालाई जबरजस्ती पचाउँदै भन्यो।
‘पानी परेको त मनपर्छ तर यस्तो सारो पनि हैन पुरा बाल्टीबाट घोप्ट्याएको जस्तो गरी कसलाई मन पर्छ।’ मैले भने।
उसले तातो चियम पिउने प्रस्ताव राख्यो।
उसले पसलमा गएर दुईकप तड्का चिया बनाउन साउजीलाई भन्यो।
भित्र छेउको कुर्सीमा बस्यौ। अघि उसलाई तड्का चिया भनेको कस्तो खालको चिया हो भन्दै हाँस्दै सोधे।
कानकै छेउमा आएर तड्का भनेको चिया पिउने बितिकै हामी दुईको माया यस्तो बेजोड बढोस् कि छुटीनै मन नलागोस् भन्यो।
मैले उसको कानमा तड्का त चियावालाले पो बनाको फेरी चियावालासँग माया सर्लानी भन्दै थिए। हामी दुईजाना गलल्ल हाँस्यौं।
हामी हाँसेको देखेर चियावाला दाइले पनि फर्केर हेर्नुभयो।
ऊ धत्! बाँदर्नी के के भन्छे भन्दै बर्बरायो। मलाई उसले तँ भनेको सुन्ने बितिकै झनक्क रिस उठ्यो तर हाँसेर टार्दिए।
पसले ल लिनु तड्का चिया भन्दै कुर्सीमा चिया राखिदिएर गयो।
उसलाई फेरी पुलुक्क हेरे हाँसो रोकिएन। फेरी बेस्मारी हाँसेको देखेर पसले दाइले फर्केर सब ठिक छ नी भन्दै जानुभयो।
उसले कुरा हत्त न पत्त मोड्दै आज लास्ट पानी पर्यो है दाइ भन्यो। धेरैपछि दाई ठूलो पानी परेर बालीनाली सब सखाप पार्ने भो भन्दै पिरलो लिइरहेका थिए।
चियाको तातो गिलास हातमा समातेर अलिकति भएपनि जाडो भगाउने कोसिस गर्दै थिए।
झट्ट मेरो नजर उसको आँखामा ठोकिन पुग्यो। ऊ मेरो भिजेको सर्टबाटभित्र जबरदस्ती भित्र नियाल्न खोज्दै थियो।
‘पापी मोरो मौका त पाउनै हुन्न फाइदा उठाउन खोजीहाल्छ’ म भित्रभित्रै मर्मुरे।
उसले हेरेको थाहा पाए। नजर घुमाउँदै पानी पनी रोकिएको संकेत गरे। ऊ अब कता जाने भन्दै थियो।
यस्तो भिजेको लुगामा कता जानु भनेर घर जाऔ भने। ऊ आखाँ झिम्क्याउदै मलाई त भिजेकै लुगामा तिमीलाई हेर्न रमाइलो लागिरहेको छ भनी हाँस्दै थियो।
ज्याकेट तानेर च्येन लगाए। एकछिन बसी चाउमिन खायौ। खाँदै कहिले भेट्ने कुरा हुदै थियो।
मैले पहिलो भेट नै खतरनाक भएको दोस्रो कस्तो हुने हो भन्दै हामी दुई हाँस्यौ। ऊ सधै पानी नपर्ने बताउँदै थियो।
जुरूक्क उठेर पाइन्टबाट पर्स निकाल्यो।
पर्सबाट सिक्री निकाल्दै भन्न थाल्यो, ‘सुमनको बिहेमा तिम्रो घाँटी खाली देखेको थिए, त्यसैले यो सिक्री तिम्रो लागी स्पेसल बनाएको हो।’
उसले सिक्री निकालेर लगाइदियो। म के भन्नु के नभन्नु अकमक्क परे।
यस्तो महंगो सामान किन किनेको भन्दै थिए। ऊ महंगो मान्छे म भएको जिकिर गर्दै थियो।
‘तिम्रो सामु यो केही होइन।’ उसले भन्यो।
उठेर हग गरी धन्यवाद भनदै थिए, उसले त्यही मौका पारेर गालाका किस गर्यो। मैले थाहा नपाएझै गरे तर पनि अनुहारको रातो रंगले लाज छछल्काइ दियो।
ऊ प्रति अझै माया बढेको महसुस गरे।
लजाएको थाहा पाएपछि कुरा मोड्न मन पर्यो भनी सोध्यो। म अनविज्ञ बनी के भन्दै थिए। उसले सिक्री के बुझेनौ भन्दै गलल्ल हाँस्यो।
‘तिमीले के सोचेकी थियौ त?’
म मुस्कुराए मात्र। खाजा खाएपछि त्यहाँबाट निस्कियौ। जाँदा हात समाउन डराएको उसले फर्कीदा सोध्दै नसोधी मेरो हात समाएर हेरीहेरी हिँडीरहेको थियो।
त्यसपछि मलाई किनहो कुन्नी खै मलाई उप्रति झन् विश्वास बढेजस्तो भयो। मनै आनन्दित भयो। उत्साह, उमगंले मभित्रको चञ्चलपनलाई फुरूगं पारिरहेको थियो।