कहाँ हुन्छ माया भन कहाँ हुन्छ मन
डाँडापाखा चहारौं कि हुनुपर्छ धन
कता उड्यो चंगा त्यो हातमै रह्यो धागो
जति पानी खन्याउदानी निभ्दैन त आगो
मुहार उही, मुस्कान उही, फरक किन गाँजल
नृत्य उही, संगीत उही, फरक पर्यो कि मादल
दृश्य उही, नजर उही, फरक पर्यो गाउँ
नदी उही, माझी उही, मात्र फरक नाउ
रोदन दुई, पीडा उही, कसो गरौं भन
हाँसेजस्तो तिमी गर म बुझाउँला मन
तिम्रो नजर सगरमाथा, तल म छु हेर
हुस्सु होस् वा कुहिरो सही घेर्नसम्म घेर।