बिहानको झिसमिसे उज्यालोमा हिँड्दै छु
बेलुकाको त्यो झुल्के साँझ कुर्दै छु
लागेको त्यो भोक र प्यासको घाउ
मिठो सपनाले पुर्दैछु।
गरिबीले मात्र बुझ्यो मेरो कुरा
गन्तव्य नै नभएको म गन्तव्यविहीन छोरा
पढ्न त पढियो
पासपोर्ट बोकी खाडी तिर हिँडियो।
म आफै गन्तव्य खोज्दै
आफ्नु बाटो आफै रोज्दै
गन्तव्य नभेटेपछि
मेरो गन्तव्य के रैछ
म आफै सोच्दै
म
मेरो गन्तव्यको नक्सा कोर्दै।
मिठा सपना र झुटा आश्वासन
कहिले कसको त कैले कसको शासन
दिक्क लाग्छ मलाई सुनेर ती
मजस्तै गन्तव्यविहीन यात्रीको भाषण।