मेरो हेर्ने चाहना नहुँदा नहुँदै
तिम्रो बिम्बले त ध्यान खिचिरह्यो
गाजलु आँखाको त्यो आकर्षणले
मलाई आज हेरिरहन मन लाग्यो।
आँखामा अर्ध चन्द्र गाजलको रेखी
रातो गुलाबी गालाको मुर्छित हेराइ
स्वेत दन्त लहर, दुइ वटा डिम्पलले
मलाई आज हेरिरहन मन लाग्यो।
सिर्-सिर् चलेको बतासले त्यो केश
मेरै नाकको डाँडीमा सल्बलाई रह्यो
स्वप्न स्पर्शले झल्याँस्स ब्युँझिँदा
मलाई आज हेरिरहन मन लाग्यो।
टोक्छे ओठ लज्जा नारीको गहना
अदृश्य तस्वीरको उत्कृष्ठ चाहना
यौवन पारदर्शी त्यो जालिम वस्रले
मलाई आज हेरिरहन मन लाग्यो।