म किसान
मलाई कृषिले गरिब बनायो
आज माटोमा चुहिएको
मेरो पसिना यो लोकलाई गनायो
आज कृषिले नै मलाई गरिब बनायो।
सरकार छ हेर्दा तर म देख्दिनँ
कृषि ज्ञान केन्द्रको सेवा त म कहिल्यै भेट्दिनँ
अनुदान यहाँ खै कसले पायो
सुन्छु झोलामा फार्म खोल्ने
गोठालोले खायो
म किसान
मलाई कृषिले नै गरिब बनायो।
हिउँदको टन्टलापुर घाममा
पुसको त्यो ठन्डी याममा
म कृषक सधैँ कृषिकै ध्यानमा।
राजतन्त्रले भुटेको
लोकतन्त्रले लुटेको
गणतन्त्रले कुटेको
म गरिब किसान
छैन आजसम्म आरामले सुतेको।