Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, मंसिर ६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

भो जान्नँ सहर...

पुरूषोत्तम उपाध्याय दाहाल

पुरूषोत्तम उपाध्याय दाहाल

भो जान्न सहर
तेलको मूल्य बढेको छ रे
यात्रु किराया पनि आकाश लम्बी रे
चौतर्फी मूल्यवृद्धि
घरैमा बस्छु
हात खुट्टा काटिए ईलामे र तितेपाती लाउँछु
जान्न अस्पताल
दाम बढेर औषधि किनिनसक्नु भएको छ रे
आँखा बिझाए सुत्केरी आमाको दूध हाल्छू
मुटु दुखे अर्जुनको छाला खान्छु
खोकी लागे मह तुलसी खान्छु
टाउको दुःखे जन्तरे बालाई फुक्न लाउँछु
पखाला लागे अम्बाको पत्ता खान्छु
निद्रा नलागे खीरमा जाइदाना हालेर खान्छु
हड्डी भाँचिए बाँसको काम्रो सिउँडी पिसेर लाउँछु
गानो गए धामी कान्छाबाट बुटी माग्छु
किन्दिनँ दामी साबुन
खरानिले काम चलाउँछु
किन्दिनँ लुगा 
दाने लुगाले काम चलाउँछु
कपालमा रिठ्ठो लगाउँछु
मुखमा हल्दी र दुधको तर लाउँछु
सब्जी घरैमा लाउँछु
भो जान्न सहर!

नानीहरूको वही-खाता देलानि राज्यले
सबै शिक्षित हुनुपर्छ भन्छ राष्ट्र
मोबाइलको रिचार्ज पनि निकै दामी भयो रे
भो चलाउँदिनँ मोबाइल
बरू भागवत कथा सुन्न जान्छु 
संगीतमा रमाउँछु ,नृत्य गर्छु
भो जान्न सहर!

अब पुस्तक पढ्छु
कविता कोर्छु।
जनताको सरकार रे
के भएको यस्तो
जुकाझैं चुसेको चुसै छ त
दिन्न भोट!
जान्छु गोठतिर
उतै रमाउँछु
मरे टन्टा साफ
उता दाउरा पनि सितैंमा पाइन्छन् 
भो जान्न सहर!

 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १०:५३
सिफारिस
सामान्य बन्दै सिमरा (तस्बिरहरू)
सामान्य बन्दै सिमरा (तस्बिरहरू)
बैंकहरूमा दुर्गा प्रसाईंको चन्दा आतंक
बैंकहरूमा दुर्गा प्रसाईंको चन्दा आतंक
बिलखबन्दमा जेलेन्स्की, भन्छन्– या स्वाभिमान गुमाउनुपर्‍यो वा अमेरिकाको साथ
बिलखबन्दमा जेलेन्स्की, भन्छन्– या स्वाभिमान गुमाउनुपर्‍यो वा अमेरिकाको साथ
एमाले भोलेन्टियर फोर्स कमान्डर पुष्पराजलाई प्रश्न– तपाईंको विगत त आपराधिक रहेछ नि?
एमाले भोलेन्टियर फोर्स कमान्डर पुष्पराजलाई प्रश्न– तपाईंको विगत त आपराधिक रहेछ नि?
एनपिएलमा आज दुई खेलः लुम्बिनी र कर्णाली तथा  काठमाडौं र  विराटनगर भिड्दै
एनपिएलमा आज दुई खेलः लुम्बिनी र कर्णाली तथा काठमाडौं र विराटनगर भिड्दै
सिमरा घटनामा पक्राउ परेका ३ जना को हुन्?
सिमरा घटनामा पक्राउ परेका ३ जना को हुन्?
प्रतिक्रिया दिनुहोस्

विचार

हिरा विश्वकर्मा
कृषिमन्त्रीलाई छ इतिहास बनाउने अवसर! हिरा विश्वकर्मा
अमित ढकाल
ख्याल–ख्यालमा भदौ २४ जस्तै सबै कुरा पुग्ला सेनाको हातमा! अमित ढकाल
विजयमणि पौडेल
जब उनीहरूलाई लाग्छ– म हाकिम हुँ, मभन्दा बढी कसलाई थाहा होला र? विजयमणि पौडेल
वीरेन्द्र बहादुर बस्नेत र ज्ञानेश्वर महतो
राजस्व मात्र होइन, भुइँमान्छेको रोजगारी र आम्दानी पनि बढाउँछ पर्यटनले वीरेन्द्र बहादुर बस्नेत र ज्ञानेश्वर महतो

ब्लग

विष्णुहरी दाहाल
अबको नेतृत्वले दलगत सीमा होइन, राष्ट्रहितलाई पहिलो स्थान देओस्! विष्णुहरी दाहाल
मदन रोकाया
जोखिमभित्रको जोखिममा परेको अपाङ्गता समुदाय! मदन रोकाया
अम्बिका प्रसाद तिमिल्सेना
यात्रुको लागि निल्न नसकिने खाना अनि चालकलाई चाहिँ थकाली सेट! अम्बिका प्रसाद तिमिल्सेना
अर्जुन मोहन भट्टराई
सजिलो छैन मास्टरी पेसा! अर्जुन मोहन भट्टराई

साहित्यपाटी

प्रेमकृष्ण श्रेष्ठ
विडम्बना, तिमीलाई जिउँदो आमा मन पर्दैन! प्रेमकृष्ण श्रेष्ठ
पिताम्बर पौडेल
जीवन के हो? पिताम्बर पौडेल
गणेशप्रसाद भट्टराई
धागाले बाँधेको खाम! गणेशप्रसाद भट्टराई
आन्ना ढुंगेल नीता
छुच्चो मान्छे! आन्ना ढुंगेल नीता

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP