Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, असोज १२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

रंग

रस्मिला कवाङ `रश्मि`

रस्मिला कवाङ `रश्मि`

चैत ७

पहिलोपल्ट तिमीलाई देखेँ
अनि रंगिन भो जीवन
ती निश्चल आँखाहरूको रंग
हातको सुकोमलता
सुरिलो आवाज
रंगबिना रंगिन पल
त्यो  रंगिन समय
त्यो  रंगिन मन
अनि रंगिन रहर
रंगिन मनको आयान
हो,
त्यही नै थियो सुरुआत
रंगको
जीवनको
मायाको
सपनाको!

सुक्खा हिउँद
पत्झर मौसम
बादलका आकाशहरू
चिसो हावा
र नि
रंगिन याद
त्यहाँ थिएन कुनै रंग
न कुनै हरियाली
हेर्ने पर्यावरण श्यामश्वेत
वास्तवमा
शिशिरको याम थियो
लेख्ने कलम कालो
कागज सेतो थियो
तर,
रंगिन शब्दहरू थिए
भावहरू निला, हरिया
न कुनै लाली थियो ओठमा
न गाजल आँखामा
न मेहेन्दी थिए हातमा
थिए त मात्र चमक
अनुहारभरि
थियो त रश्मि
आँखाभरि
रंगिन थिए रहरहरू
रंगिन बोलीहरू
आयानका रंगहरू
सूर्यका तापभन्दा धेरै
समुन्द्रका छालभन्दा बेसी।
 
साँच्चै!
रंगिन हुन रंग नै त
नचाहिँदो रैछ
रंगिन सोच
अनि विचार
सुमधरताले पुग्ने रैछ
चित्रकारको कलाजस्तै
जीवन्तता क्यानभास रंगाउन
कलमले मात्र त
कहाँ पुग्दो रैछ र!
रंगिन मन
रंगिन भाव नि चाहिन्छ 
जब रंगबिना रंगिन बन्छ
तब नै त हो सुन्दर बन्ने
जीवन, जगत अनि सारा 
त्यसपछि न हो
पानीको रंग पोतिने
जूनको दाग नि सुन्दर हुने
यात्रा मिठो लाग्ने
सागरका छालहरू पनि
संगीतको धून लाग्ने
एक मुस्कान रङको
एक कला गलाको
बस् रङ त उसै छल्किन्छ
देख्यौ, इन्द्रेणीजस्तै?
मनभरि अनि अधरभरि। 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १२:२५
सिफारिस
एमाले सचिवालय बैठक आज, ओलीलाई अध्यक्ष छाड्न बढ्दैछ दबाब
एमाले सचिवालय बैठक आज, ओलीलाई अध्यक्ष छाड्न बढ्दैछ दबाब
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित
तमिल अभिनेता विजय थलापतिको सभामा मच्चियो भागदौड, कम्तिमा ३६ जनाको मृत्यु
तमिल अभिनेता विजय थलापतिको सभामा मच्चियो भागदौड, कम्तिमा ३६ जनाको मृत्यु
अन्तरिम सरकारलाई कटाक्ष गर्दै ओलीले भनेका चार कुरा
अन्तरिम सरकारलाई कटाक्ष गर्दै ओलीले भनेका चार कुरा
दसैंमा बेहाल छ मेरो गाउँ आएको बाटो!
दसैंमा बेहाल छ मेरो गाउँ आएको बाटो!
पाँच मिनेट ढिला भएको भए मार्ने नै थिए: केपी ओली
पाँच मिनेट ढिला भएको भए मार्ने नै थिए: केपी ओली
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
आफ्नो स्वार्थका लागि 'षड्यन्त्रको थ्योरी' मा घिउ थप्दै तीन शीर्ष नेता अमित ढकाल
शंकर दाहाल
जेन–जी आन्दोलनपछिको बाटो शंकर दाहाल
अमित ढकाल
संकटग्रस्त टेलिकम कम्पनीहरू धराशायी पारेर मुलुकलाई के फाइदा? अमित ढकाल
डा. मुकेशराज काफ्ले
कोशी उच्च बाँधको डिजाइन परिवर्तनले पानीजहाजको सपनामा धक्का! डा. मुकेशराज काफ्ले

ब्लग

अच्युत शाली घिमिरे
छोराछोरी डाक्टर भएर के गर्नू? अस्पताल एक्लै जानुपर्छ! अच्युत शाली घिमिरे
सुजता पराजुली
दसैँ फर्किएर आएझैँ बुबा पनि आउनु भए... सुजता पराजुली
पूजा ढुंगाना
मोटाउन नपाइने हो? पूजा ढुंगाना
विष्णु थापा
दसैंको आगमन र यात्राको अनिश्चितता विष्णु थापा

साहित्यपाटी

अनिता कोइराला
विप्लवी सूर्य अनिता कोइराला
बिक्रम गुरुङ
त्यो त्रासदीपूर्ण सपना बिक्रम गुरुङ
प्रशान्त वाग्ले ‘प्राकृतिक’
आमाले फेरि एक साल दुःख पाउनुभयो! प्रशान्त वाग्ले ‘प्राकृतिक’
सपना घिमिरे
पपकर्नको जमरा! सपना घिमिरे

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP