बांँसको पिचकारी,
कराईको कालो मोसो,
दुधको तरमा मोलेर
फागु खेलेको,याद छ तिमीलाई?
तिमीले त चौलानी पानीले नै काम चलायौ,
म बयरको रूख माथि चडेँथे, सकिनौं तिमीले छेप्न
पिचकारीले माथिबाट फ्याँकेथेँ गुलाबी रंग मैले
रूखमाथिबाट हेरिरहेँ तिमीलाई
तिम्रा दुई गाजलु नयनयुगल
तिमीले पनि हेरी रह्यौ मेरो दुई प्रेमील आँखा
कहाँ गए ती दिन र कहाँ छौ तिमी?
यादहरूले साह्रै सताउँछ
बाडुली लागेर मेरो याद आए,
तलको नम्बरमा फोन गर ल!
चिन्यौं मलाई? म तिम्रो बालसखा,अन्तरे दाहाल
गुरूबाको छोरो।
(होलीको पावन अवसरमा मंगलमय शुभकामना सबैलाई)
पुरुषोत्तम उपाध्याय दाहाल
बोकापथार ,धौला
तिनसुकिया