कुन जूनले सोध्यो प्रेमको आयु
कुन फूलले सुनायो देहको जलन
भनिदेउ बाटो मोडेर जाने
ओ! मनको मान्छे
यो मनलाई मैले बुझाई सकेँ
सागरका छालहरू फर्काई सकेँ
नसोध के छ भनि बिगतका कथाहरू
नखोज खाटा बसेको यादका ब्यथाहरू
नछोइदेउ यो देह सम्झनाले
ओ! मनको मान्छे
यो तनलाई मनको तापले सुकाईसकेँ
सागरका छालहरू मैले फर्काई सकेँ
अँध्यारो छिचोल्ने आभाले छुदैन किन
इन्द्रेणी मुस्कानले रंगीन हुन सकेन दिन
उषाको आशा लिएर हिड्दैछु आज
ओ! मनको मान्छे
एक्लिएको बाटो फेरि उस्तै बनाई सकेँ
सागरका छालहरू मैले फर्काइसकेँ।