होलीका रंगिन दिनहरूलाई
बग्रेल्ती रंगका थुप्राले
शीरदेखि पाउसम्म
कतै नछुट्ने गरी
तिमीलाई पोत्ने रहर छ
नपखालिने ती स्मृतिहरूमा
तिमी र रंगसँग खेल्ने रहर छ
रंगले बनेका ती भित्ताहरूमा
अधरले सचित्र कोर्ने मन छ
रंगकै ती पोखरीभित्र
तिमीसँग हराउने रहर छ
छोटा ती निशाका पलहरूमा
रंगिन सूर्यादयसँग ब्युँझने रहर छ
ती मोती झैँ टल्कने हिमालमा
हाम्रो मुहार हेर्ने रहर छ
बदनका ती रंगहरूलाई
हिमालको पानीले नुहाइदिन मन छ
शिखरको शिरोटोले झैँ हान्दा
स्नेहताको काटी कोर्न मन छ
त्यस बखत सारा यी बदनले
तिमीलाई छोप्ने रहर छ
होलीका ती रंगहरूमा
तिमीलाई पोत्ने रहर छ
तिमीसँगै लतपतिने रहर छ।