हिमालमा जन्म लिएर महासागरमा बिलिन हुनु
मेरो जीवन चक्र हो।
कल कल आवाज निकाली निरन्तर बगिरहनु
मेरो नियती हो।
नागबेली रूपमा छङछङ गर्दै बगिरहँदा
प्रकृतीको अनुकम्पा सबैको प्रिय हुन्छु।
शिशिरको चिसो सिरेटोमा
हिमनदी बनी जमिरहन्छु,
कठ्याग्रीने जाडोमा जम्न पनि
कहाँ सजिलो छ र?
प्रकृतिको नियममा बाधिएकी जो छु।
जब वसन्त लाग्छ, पहाडतिर ओरालो लाग्छु,
डाडा पाखा वन जंगल
कोहिलीको कुहुकुहु
अनी बैसालु नयनहरू बन्दै नगरी
हेरिरहुँ लाग्ने
गुरास र लालु पातेका फुलहरू सँगै
सुसेली खेल्दै निरन्तर
अगि बढी रहन्छु
लाग्छ यो संसार कती सुन्दर छ।
अग्ला अग्ला पहाडबाट
सिधा भुईँमा बझारिँदा होस् वा
खोँचहरूमा साघुरिनुपर्दाको पीडा
कसैलाई नकही निरन्तर
अगि बढिरहन्छु।
गल्छि र भन्ज्याङको बाटो बग्दै गर्दा
बेलाबेलामा खस्ने
ती साना ठूला पहिरा र चट्टानहरुले
मेरो बाटो रोक्छन्
अनी म थुनिन्छु,रोकिन्छु,निसासिन्छु
र नचाहँदा नचाहँदै पनि
मेरो रौद्र रूप निकाली
बिस्फोट हुन बाध्य हुन्छु
त्यसपछि क्षतविक्षत बन्छन् मानव जीवनहरू।
पहाडको विध्वनसलाई किनार लगाइ
जब सहर पस्छु, अनि
त्यहाँ अत्याचारले पराकाश्टा नाग्छ,
म माथि खनाइएका फोहर, मैला, ढल
सबैले मलाई दुर्गन्धीत तुल्याइन्छ,
मलाई गिथलिन्छ, निचोरिन्छ,
बालुवा निकाल्ने निहुँमा
मेरो चिरहरण गरिन्छ।
माछा मार्नै निहुँमा
मेरो मुटु थर्कने गरी बिस्फोट गराइन्छ।
मेरो चित्कार,रोधन र विवसता
माथि बाटो परिवर्तन गरी
विकास र रेभुलुसनका
नाममा ठूला ठूला भवनहरु निर्माण गरिन्छ।
अनि सोध्न मन लाग्छ मेरो ईश्वरलाई
हे विधाता यति कु्र
कसरी हुन सक्छ यो सुन्दर मानव जीवन?
तर पनि आसाको दियो मरेको छैन
प्रकृतिको नियम दुःख पछि सुख
अवस्य आउँछ,
विधाताले इन्साफ पक्कै गर्नेछ।
भोलि अवश्य तराईका सम्म फाँटहरूमा
धानका बालासँगै शुशेली खेल्दै म बग्ने छु
र एक दिन म महासागरमा
पक्कै बिलिन हुनेछु।