पेन्सिलले कोरेको घरजस्तो थिएन
इरेजर लगाई मेटौँ भने
मार्करले सेतोपाटीमा कोरेको अक्षर झैँ पनि थिएन
डस्टर लगाई मेटौँ भने
ती तिम्रा यादहरू
आँखाबाट मेट्न खोजेँ
मस्तिष्कमा गई घर बसायो
मस्तिष्कबाट मेट्न खोजेँ
हृदयमा गई घर बसायो
हृदयबाट मेट्न खोजेँ
साला त्यो मन नै मेटिएछ
अहिले त बिरान अनि मरुभूमि
दिल बोकी हिँडेको छु
कतै कहीँ मायाको एक अङ्कुर टुसाउन्न
तर आज पनि त्यो मरुभूमिमा
एउटा ठूलो पिपल पाउलिएरै बसेको छ
उही क्या त
तिमी
अनि तिम्रा मेटाउन नसकिएका यादहरू।