मान्छेहरु सपना देख्छन्
म पनि देख्छु
चन्द्रमा छोएजस्तै
फूलबारीमा रमेजस्तै
प्रियसीलाई अंगालोमा बेरेजस्तै
कुनै सपना
अँध्यारोमै पूरा भइदिए हुन्थ्यो
जस्तो लाग्छ
उज्यालोसम्म त कुर्नै नपरोस्
जस्तो लाग्छ
अझ विपनामा त पूरा हुन्छ कि भनि
मनभित्र भित्रैबाट
निकै पुकलित हुन्छु
कुनै सपना
सपनामै कहाली लाग्दो
भयंकर डरलाग्दो
चिट-चिट पसिना नै आउने गरी
चिच्याउँदै बिउझन्छु
त्यस्ता सपनाहरु
सपनामा त के
विपनामा पनि
सम्झनै मन लाग्दैन
तैपनि सपना देखिरहन्छु।