शिशिरले खाइदिएको ती रुखहरूमा
पलाउन्न र हरेक हाँगामा
एक नवीनतम पालुवाहरू
एक नवीनतम टुँसाहरू
एक नवीनतम फूलहरू
शिशिरमा नाङ्गिएकाहरू
वसन्तमा आउँदा, नआउँदा
ढाकिन्छ्न् हरिया गहनाहरूले
शिशिरमा प्रत्युत्पादक रहेकाहरू
वसन्तमा आउँदा नआउँदा
बेरिन्छ्न् केही नयाँ फुलाउने, फलाउने इच्छाहरूले
समयचक्रको बोध न हो
कहिले हराभरा
कहिले नाङ्गै भुतुङ्गै
असली लक्ष्य त आखिर त्यही नै हो
जीवन छौन्जेल, अटल रहनु
ठाडो रहनु
भोगेर वसन्तका बैँसहरू
भोगेर शिशिरका उजाड यामहरू
भोगेर वर्षाका आँधीहुरीहरू
भोगेर शरदका घमाइला प्रहरहरू
भोगेर हेमन्तका हिमपातहरू।