मतलबी छ दुनियाँ आफ्नो लागि
रुप परिवर्तन गरिरहन्छ
कहिले दर्शनमा जिउछ
कहिले वास्तविकतामा
सत्य के हो कसैले बुझ्दैन!
विचार, तर्क र दर्शनको खोलो बग्छ
तर उसैको जीवन हेर्दा
बाध्यताले संसार अन्धकार छ ।
हो, ज्ञान आवश्य छ
शिक्षा अपर्यहार्य छ
सीप हुनुपर्छ
तर दर्शनले जीविकोपार्जन हुँदैन हजुर
प्राविधिक विरोधभन्दा पनि
सही प्रयाेगको जरुरी छ
तर पनि मतलबी छ दुनियाँ
अनि
नजर अझै असन्तुष्ट
नकरात्मकको पहिचान सेकेन्डमा गर्छ
सकरात्मकको परीक्षणकाल कुर्छ
जमाना यस्तो आयो
अपूरो सपनाको पोको बोक्दै
मस्तिष्क शून्य हुँदा पनि
ज्यादै बुद्धिमानीको घमण्ड
यत्रतत्र भेटिन्छ
तैपनि
आफू मपाई्ं हुनलाई
सौभाग्यको पगरी गुथी
नक्कली मुस्कान, हाँसो,
सन्तुष्टि र खुसीलाई फिजाउँदै भन्छ
दुनियाँ मुठीमा छ
जीवनको अस्तित्व छ
तर
ऊ आफू आफै सक्दैन चित्कार गर्न
तिनै अपूरा सपनाहरु सम्झेर
तिनै दर्शन बोकेर
तिनै तर्क सम्झेर
जसको कुनै हिसाबकिताब नै छैन
अनि विचार गर्छ
र भन्छ
कति मतलबी छ है दुनियाँ?