थुम्काभरि फक्रेका लालीगुराँसहरू
अनि परिपक्वताले भरिपूर्ण तिम्रा बानीहरु
तिम्रा ती मन्द मुस्कानहरुमा
खोज्दै छौँ हामी भावी जीवनको गतिहरु।
हाम्रो निकटका मित्र हुन् मातापिता
त्यसैले आफूले सक्ने सहयोग गरी पार्नु प्रसन्नता
हामीलाई जगत नियाल्न सिकाउने हुन् मातापिता
हाम्रो मिहिन भावको बुझ्छन् गम्भीरता।
जिज्ञासाले भरिपूर्ण हुन्छ हाम्रो चञ्चले मन
हामीले मातापिताको राख्नुपर्छ इज्जत र मान
मातापितालाई हामीले कहिलै नढाँटौ बरु सधैँ सत्य कुरा बोलौँ।
हाम्रो जीवनको कठिनाई सुल्झाइ दिन्छन् मात्र निकट गई भनौँ।
हाम्रो खुसीको मुहार र हातपाउ हुन्छ कोमल
मातापिताले दिन्छन् माया हामीलाई बाचुन्जेल
जब हामी मातापिताको कोखमा हाँस्दै गर्छौ ढलमल
तब हाम्रो कुँजिएको पक्ष हुन्छ चलमल।
अहो! मातापिताको हामीप्रति हुन्छ अपार मोह
हाम्रो बोली छ कोइलीको सङ्गीत सरह
मातापिताले हामीलाई सधैँ गर्छन् अपार स्नेह
र पालनपोषणमा हाम्रो निरन्तर गर्छन् जोह।
हामीलाई हिँडन सहारा दिन्छन् हात र बल
रुँदा हाम्रो आँसु पुछिदिँदै हुन्छ समस्याको हल
मातापिताको माया र ममता हामी कहिलै नर्बिऔँ है!
मातापिताको माया र ममता आँसु र पाप लाग्छ है!