हिजो
खाली सिसी, पुरानो बोतल
भन्दै कराएको सुन्ने कानहरु
स्वामी! हजुरले लुकाई-लुकाई खाएको
रक्सीको बोतल जम्मा गरेर
भैयाहरुलाई बेचेर
१०-२० रुपैयाँ गन्ने हातहरु
त्यही पैसाले तरकारीको भुटन हाल्थेँ
टिंग्रिंग झोल हालेको तिहुनमा सन्तोष मान्थेँ
त्यो पनि चलेकै थियो जीवन।
आज
त्यही एक थरी मान्छेहरु
चप्पलबाट ब्राण्डेड हुँदै
साझा बसबाट प्राडो पजेरो हुँदै
अब भट्टी पसल हैन
दोहोरी, रेष्टुरा र होटल बारहरुमा
देखिन थाले
अब त भात हैन
भुजा ज्युनार गरिस्योसस् न
भन्छिन् घरकी मुसीहरु
यसरी पनि चलेकै छ जीवन।