तिमी भौतिक रूपमा अस्तायौ
र पनि
आँखाले खोजिरहन्छ
कहिले यता कहिले उता
कति बोलाएँ आएनौं
कराएँ अनि चिच्याएँ
र पनि आएनौं
घर सुनसान छ
मन बिचलित छ
मनमा एउटा फरक खालको पीडाबोध भईरहन्छ
बा को आधार गुमेको छ
खै कहाँ छौं?
बा तिमी कहाँ छौ?
जहाँ भए पनि
तिमी चिसोमा नकठ्यांग्रिए हुन्थ्यो,
हावाहुरीले तिमीलाई दुःख नदिए हुन्थ्यो,
राप अनि तापले नछोए हुन्थ्यो।
साच्चै नै श्वर्गलोक भइदिए त
बा
तिमी त्यहीँ हुन्थ्यौं
किनकि,
तिमीले गरेको सत्कर्मको फल त्यहीँ नै मिल्छ रे।
बा तिमीलाई अञ्जुलीभरिको श्रद्धासुमन।।
#बाको ७४ औंजन्मजयन्ती