म कतै हराउँदै छु कि?
कहीँ कतै बाटो बिराउँदै छु कि?
खै कुन्नि यसै गर्दै बिलाउने हुँ कि?
सधैको लागि हराउने पो हो कि?
नेपालीको त्यो आफ्नोपन,
आत्मीयताको त्यो न्यानोपन,
सधै हँसिलो मुस्कान,
बालापन झल्काउने,अवोध पहिचान।
हाम्रा ती सरल र सोझोपन,
हुरूक्क पार्ने सबैको मन।
सात समुद्र पारका होऊन् वा छिमेकी,
यहाँ आई सबै नै रमाए।
आज भोलि खै कुन्नि?
त्यो नेपालीपन राख्न गाह्रो भो।
पैसा अनि व्यापार मात्र सम्झी,
आफ्नो मौलिकता नै हराऊन लाग्ने भो।
शहरमा हराए नि,
गाउँघरमा अझै केही बाँकी छ।
त्यहीँ अपनत्व र न्यानोपन,
छिमेकीको सारो व्यवहार भन्दा,
नेपालीको सत्कारको बेग्लै छ पहिचान ।
खुसी पैसामा मात्र हेर्ने होइन,
सम्बन्धहरुमा नै खोज्नु पर्छ।
एउटाको नराम्रो व्यवहार ले,
समाजलाई नै समेट्न खोज्छ।
यस्तालाई खोज्नुभन्दा,
आफूभित्र नै खोज्नु पर्छ।
म कहीँ कतै हराएको छु कि?
कतै बिराएको छु कि?