आमा अब त केही बोल
तिम्रो मनको सबै ढोका खोल
देखिनौ र तिमीले
तिम्रो छातीमा प्लास्टिकका डँगुर फालेको
सञ्जीवनीमामा दिनदहाडै कालकुट हालेको
सुनिनौ र तिमीले
पेटभरि खुवाउन भन्दै धेरै फलाउने रे
विष मिसाएर विस्तारै गलाउने रे
के हेर्यौ तिमीले
तिम्रा सन्तति भकाभक मारुन्जेल
तिम्रो परिवारको वशंनाश गरुन्जेल?
बोल न आमा
हामी बिनै तिमी बाच्न सक्छेऊ र?
खुसी भएर छमछमी नाच्न सक्छेऊ र?
उठ न आमा
तिमी नउठेसम्म यी भाग्दैनन्
तिम्रो उग्र रुप नदेखि गौडो काटदैनन्
भन्देऊ न आमा
उठ, जाग र खेद असत्ती सबै
बरु एक्लै बाच्छु म कोही नभै।