तिम्रो जस्तै मेरो
हृदय छ
यो धरती यो आकाश
सबै सबैले बुझ्छन्
तर
किन बुझ्दैनौ तिमी?
मेरो ओठले
तिमीसँग गरेका
प्रेमिल संवादहरु
चुपचाप नियालिरहन्छन्
हरेक रात
आकाशका जून र ताराहरुले
नुन खाएको चल्ला जस्तै
झोक्रिएर बसेको छु
तिम्रो यादमा
आकाशका जून र ताराहरु
सबै-सबैले सुन्छन्
तर
किन सुन्दैनौ तिमी?
हुरी बतास झैँ
तीव्र गतिमा बढेको
मेरो मुटुको धड्कन
बोट-बिरुवा र झारपात
सबै-सबैले देख्छन्
तिम्रो मायामा डुबेको
तर
किन देख्दैनौ तिमी?
म
कतै चट्पटाउन नसक्ने
भएको छु
रोकिन खोज्छन्
मुटुको चाल
सायद
समुन्द्रभन्दा गहिरो
तिम्रो मायाको सागरमा
डुबेको छु।
भन
अब म
कसरी निस्कौँ?