अनि त्यो रात
म ताराहरु माझ घुमिरहेकी थिएँ
एक-एक गरेर तिनीहरूलाई गन्दै
अचानक अनौठो आभास भयो
केही उज्यालो
अनि त्यो खुला आकाशबीच चम्किलो
मलाई महसुस भयो कि
त्यो चम्किलो चन्द्रमा थियो
तर
तर ऊ एक्लै
अनि जब मैले उसलाई
मित्रताको न्यानो अभिवादन
टक्र्याउन हात दिँदै थिएँ
म आफ्नो सपनाको संसारबाट
बिउझिएँ
मलाई दया गर या नगर
तर
त्यो एक क्षणको लागि
मैले चन्द्रमालाई महसुस गरेँ
ऊ सबैभन्दा उज्यालो
तर एक्लै।