'बाबु म जान्छु' भनि बिदा भइ
सदालाई छोडि जानुभयो
'काका' भनि आँसु झार्दाझार्दै पनि
स्वर्ग तिर उडि जानुभयो
अति मायाले बोकेर गाउँदै नाच्दै
बचपनको खुसीयाली मलाई
क्रिकेट फुटबल खेलहरु सिकाइ
हौसला र सफलताको ताली मलाई
कोमल नामजस्तै कोमल मनले
मलाई खेलाउँदै हुर्काउनु भो
कमालामा पौडी अनि जीवनको बाढीमा
हेलिन सिकाउनु भो
आँगनको माटोमा कप्टेरोले कोरेर
शिक्षाको ज्योति दिने मेरो काका
सदा असल गुण र उत्कृष्ट विचार
ममा होस् भन्ने चाहने मेरो काका
दिँदा दिँदै अपार मिठो स्नेह
अनायास यो मन साह्रै दु:खित भयो
तर मेरो सोचाइमा मेरो हृदयमा सधैँ
मेरो काकाको माया जीवित भयो।