आतंककारीको बिम्ब बिन लादेन
तालिवानीहरु हतियार बोक्थे
लुटेर, लुकेर, ढुकेर
साम्राज्यवादी सम्भ्रान्त राष्ट्रहरुसँग
सत्ता र शक्तिको लागि
बम, बारुद, बन्दुक, ग्रिनेट किन्थे
हत्या, हिंसामा रमाउँथे
व्यवसाय मारकाट
धम-धमका, आतंक
निरन्तर-निरन्तर
बन्दुकले पनि अशान्ति ल्याउँदो रै’छ।
शान्तिको बिम्ब पश्चिमाहरु
जोन वाइडेनहरु जस्ताले
शान्तिको कलम चलाउँथे
विश्व विजेता हुनको लागि
हतियार बनाउँथे
लुकाई लुकाई
शान्तिको नाममा हतियार बेच्थे,
गरिबलाई धनी हुने सपना बेचेर
हतियार बोकाई
सत्ता र शक्तिमा जान
हिंसामा जान प्रेरित गर्थे
आखिर,
कलमले पनि अशान्ति ल्याउँदो रै’छ।