प्रेमले बनाएको हाम्रो सम्बन्धमा
मैले गरे जति नै माया
तिमीले पनि गर्नु पर्छ भन्ने छैन
माया गर्न सक्छौ अरुलाई
पैचो झैँ फिर्ता गर्नु पर्छ भन्ने छैन।
सम्बन्ध जोडिएकोसँग नै
सबै माया पोख्नु पर्छ भन्ने छैन
भावनाका नाता आफ्नो ठानी
बाँकी सबै तोड्नु पर्छ भन्ने छैन।
प्रेममा बिछोडिँदा छट्पटिए झैँ
प्रेममा पर्दा हौसिनु नै पर्छ भन्ने छैन
दुई/चार दिन बिछोडिँदैमा
ज्यानै सुकाउनु पर्छ भन्ने छैन।
भविष्य हो, वाणी नै गर्न त सकिन्न
तर
भएको संसार तोडनु नै पर्छ भन्ने छैन
इच्छा अनि चाहना हो आफ्नो आफ्नो
नाता तोडि नाता नै जोडनु पर्छ भन्ने छैन।
साथी म तिम्रो हुँदैमा
समाज नै छैन भनी
सम्बन्ध भुलाउनु पर्छ भन्ने छैन
प्रेम अनि माया पुरानो हो भन्दैमा
सबै तोडि अस्तित्वविहीन बनाएर
दुई एकै भई बाच्न्नु पर्छ भन्ने छैन।
फूलको सुन्दर बगैंचालाई नै
उजाड पारी सलाई कोरी
डढेली नै लगाउनु पर्छ भन्ने छैन
प्रेमले बनाएको हाम्रो सम्बन्धमा
तिमीले हात नै दिनुपर्छ भन्ने छैन
माया गरे पुग्छ यहाँ
ज्यान नै हाजिर हुनुपर्छ भन्ने छैन।