जबसम्म यी तीनै ‘ज’ को सन्तुलन हुन्छ।
मानव, जीव जन्तु र वनस्पतिको स-अस्तित्व रहन्छ।
जलस्रोतमा विश्वको दोस्रो धनी देश मेरो।
नदी नाला, ताल तलैया,
तराईका सिमसारदेखि सर्वोच्च ताल तिलिचो यहाँ।
सदावहार कोशी, गण्डकी र कर्णाली बगिरहेकै छन्।
गंगालाई गंगा बनाउन अनवरत पानी थपिरहेछन्।
विद्युतमा लक्ष्य एक दशकमा १० हजार मेगावाट छ।
तर हाल तयारी ३ हजारको मात्र रहेछ।
थप उत्पादन र त्यसको बजारिकरण हो सर्वोपरि।
सँगै, घरभित्र यसको खपत र सिँचाई गर्नु छ जरूरी ।
जलशक्तिको आम्दानी हाल खेरगई, बगिरहेछ।
एउटै पृष्ठभूमिका देश लाओस, पाराग्वे विद्युतले बनी रहनेछन्।
यसै शक्तिले, देशको छिट्टै मुहार फेर्न सक्ने देखिन्छ।
वन जंगलमा पनि हामी धनी नै छौ।
झन्डै आधा भूभाग वनजंगलले ढाकिरहेछ।
विगतमा, हरियो वन नेपालको धन! भन्दै,
मनपरि काठ, निर्यात गरेछौं
आफू बन्नु त कहाँ कहाँ?
छिमेकको रेलको लिक मूनि पनि काठ बिछ्याएछौं।
आफ्नो ठोस काठ निर्यात गरि,
अहिले कुकाठका सरसामान आयात गर्दैछौ।
आफ्नै वनजङ्गलका काठ थन्काई सडाई,
अर्काको व्यापार बढाइरहेछौं।
धन्य हो! सामुदायिक वन परियोजनाको,
जसले हाम्रो वनको अस्तित्व बचाईरहेछ।
लाखौं लाख घर परिवारलाई सघाईरहेछ।
जमिनसँग जोडिएका, कृषि प्रधान देश हो,
चारै ऋतु र विविधताले भरिपूर्ण भूगोल यहाँ।
किन्तु, जमिनको उर्वरतामा सिँचाइ र मलको सधैं कमी।
यसै मर्मको राज्यले व्यवस्थापन गर्नु छ जरूरी।
उत्पादन भएता पनि, तै चुप, मै चुपको,
आधारमा यहाँ कृषिको बजार चलिरहेछ।
बिचौलियाले जहाँ जति लुटे नि छुट छ!
कृषक र उपभोक्ताको ढाड मात्र सेकिएकोछ।
साथै, जमिनको यथोचित व्यवस्था पनि गर्नुछ।
टुक्रा टुक्रा गरी जमिनबाट उत्पादन मिल्दैन,
व्यवसायिक खेती नगरी अब खान पुग्दैन।
यी तीनै ‘ज’ को सन्तुलन छ जरूरी।
जल सम्हाले, सम्हालिन्छ विद्युत, सिँचाइ र बाढी सधैं,
जंगल सम्हाले, मानव, जीवजन्तु, वनस्पतिको अस्तित्व सधैं,
जमिन सम्हाले, पुरिन्छ गरिबीको खाडल सधैं।