लडाइँ कसको थियो
भित्र हेर्दा भित्रभित्रै आफैसँग थियो
बाहिर हेर्दा बिना रगत, बिना हतियारको युद्धभूमि थियो
बच्नलाई रहर बाचुन्जेल्को घमण्ड अब लाग्थ्यो पलभरमै
तोडिँदै थियो
नछोएसम्म के हो, के हो
नलाएसम्म के हो, के हो
नभएसम्म के हो, के हो
आज कुनै प्रेमको अनुभूति होइन
भाइरसको गहिराई बढ्दै थियो
रोक्न छेक्न राष्ट्रले कोसिस गरेर के भो र
नागरिक त्यसै दौडिँदै थिए
लौन हजुर प्राण बचाइदिनु पर्यो
बिन्ती गर्दे अस्पतालमा कहिले बेड
त
कहिले अक्सिजन सिलिन्डर माग्दै थिए
हजारौं आदर्श पुकार गर्दागर्दै
पितृ शोकमा परेका थिए
उता कोरोनालाई जुध्दै
कोरोनाबाट उम्कदै
रातदिन काममा खटिएका स्वास्थकर्मी कुटिँदै थिए
छट्पटीमा बाचेको देख्दा
बाँकी जति थियौँ बचेका
हामी पनि ज्युदै मर्दै थियौँ
जतिबेला
चल्दै थियो कहिले सपथ
कहिले विश्वास, कहिले अविश्वास
कहिले उजुरी सर्वोच्चमा
कहिले बदर कहिले सदर राजनीतिमा
त्यहीँबेला
अस्पतालमा चिख रुवाई बढ्दै थियो
खाँचो कसको कस्का निम्ति
चाहेको मात्र सुरक्षा सबका निम्ति
बिन्तीले ज्यान बचाउन नसकिएला
तर
पालना गरे नियम केही हद बच्न र बचाउन सकिएला
छटपटीको मुत्यु कष्टकर मर्नेलाई र पीडा देख्नेलाई पनि
कतिन्जेल बाच्ने र हेर्ने दृश्य पनि
आफैमा छैन आनन्द अनि सुखभोग पनि
बाजुन्जेल त यसै टाढा न अंकमालको साहस न स्पर्शको उर्जा
मरेपछि पनि छाडेनन् यसको कलंक
मृत शरीर सरिसक्यो आत्मा पनि अन्त कतै लड्दैछन् यसै
देऊ अठ्ठाइस हजार गरिन्छ काजकिरिया भन्दै छन् आज फेरि
गाड्नलाई जमिन भएन
जलाउनलाई वातावरणले मानेन
आखिर गर्न के त नागरिकसँग गोजीमा एक पैसा छैन
कष्ट धेरै यहाँ बाचुन्जेल त छँदै थियो
त्योभन्दा बढी मरेपछिको संसारमा पुग्नलाई भयो
थाहा छ
सकिँदैन तोड्नलाई प्रकृतिको नियम भन्दैमा
बेशब्द तिमी नबनिदेऊ
प्रत्येक वर्ष
मध्यरातमा जनता बग्दै आफ्नो बाँससँगै
भेलमा डुब्दै गर्दा
तिमी सिंहदरबारमा नघुरिदेऊ
हे सरकार!
कान छ तिम्रो यदि भने
देशबासीका आवाज सँगैका माग सुनिदेऊ
सत्ताको लोभ सँगैको भोक त्यागिदेऊ
चलाउनलाई नखोज
बनाउनलाई खोज
आफ्नो निम्ति होइन हाम्रो निम्ति बाच
नागरिक यहीं चाहन्छन्
मात्र
तिम्रो साथ र
तिम्रो हात
हिम्मत जुटाइदेऊ
विश्वास दिलाइदेऊ
आज बच्नलाई स्रोतसाधन मिलाइदेऊ
भोलि तिम्रा लागि जुट्नेछन्।