स्वस्थानीको साङ्गेमा पनि आईनस्
ब्रत लिएकी थिई कान्छीले
आमाको चौरासीमा पनि खबर गरेथेँ
किन न आकि?
भान्जाको व्रतबन्धमा पनि त आईनस्,
सबैले सोधी रहे ,गुनासो गरे।
नानी केटाकेटीहरू पनि ठूली आमा खोइ भन्छन्?
कान्छीको पनि भ्याइ न भ्याइ छ,
मास,घांग्रा र रहर उखाल्न बितिसक्यो
किन न आकि?
ज्योतिषी फुपाजुको बर्खान्तमा खबर गरे थे रे
साह्रै दुःख माने, किन न आकि?
काका बा को छोरी गौरीको बिहेमा निम्तो पठाए रे
खबर पनि गरे, किन न आकि?
प्रभुले जे दिए त्यसैमा खुशी हुनु निको अब
छोरा छोरी भएनन् भनेर दुःख नगरे है ठूली।
कसले बाँझी भन्यो भन्न दे,भो अब माईत नबस,
बरू एक्ली आमालाई लिएर यतै आइज
मैले र कान्छीले कत्ति सम्झायौं तँलाई
यी केटा-केटी आफ्नै ठान, दुःख नमाने है ठूली
पीर नमान,जागुनको गोले झाँक्रीले
बोझोको बुटी दिन्छन् रे,जाउँला एक दिन,
कसले के भन्छ,भन्न दे
बरू एक छाक खाऊ, सँगै बसौं
खर्च पनि पठाई दि रथेँ ,बाहुन दाजुको हातमा,
किन न आकि?
दाहाल बेलतला, गुवाहाटी, आसाममा पञ्जाब नैशनल बैंकका वरिष्ठ प्रवन्धक हुन्।