नसक्ने होला,त्यसैले दियो।
प्रकृतिले सम्पत्ति सारा।
सक्नेलाई दियो मरूभूमि।
नसक्ने लाई दियो यो देवभूमि।
प्रकृतिको कृपा छ अपरम्पार।
पूर्खाको छ स्वर्णिम इतिहास।
तर आफ्नै अकर्मण्यताले परेछौ पछि।
प्रकृतिले दिए यहाँ मौसम चार।
यही छन् तराई, पहाड र हिमाल।
असंख्य छन् नदी र नाला।
भरिपूर्ण छन् वनजङ्गल,खेत सारा।
बुद्धि र विधामा कहाँ थियौ र पछि?
अरुको के भन्नु,बुद्धको विद्वत्ता नै छ काफि।
तैपनि हामी किन बन्न सकेनौँ?
आफूलाई सोधे,अग्रज लाई सोधे।
कोही पनि ठ्याम्मै भन्नै सकेन्न।
के साँच्चै नै हामी!नसक्ने हौ र?
हिजो भन्दा संख्यामा मात्र बढेका हामी।
गर्नु त छैन!घर भित्र पुग्ने आफ्नै उत्पादन।
बेच्न त जान्यौ,श्रम र शक्ति अर्कोको भूमिमा।
मागेर बाँच्नु नै रहेछ,नियति हाम्रो संसारैमा।
अरुले देला पेटभरि खाउँला।
आफ्ना त छैन अन्नको भर।
अर्काले दिए,यो ज्यान ढाँकूला।
घरभित्र पुग्ने केही पनि छैन।
तर फुर्तीमा हामी,के कम छौ र?
संगै का देश कहाँ पुगी सके।
हामी आपसमा अल्झी,पर्खिरहेछौं सारा।
केहि माग्नु परे,लम्कन्छ्यौं उत्तर र दक्षिण तिर।
नदिए सुरुकाछौं बाहुला, पख्लास है भनेर।
हैन ओ साथी!के यस्तै नै थिए हाम्रा पूर्खा?
हामी खै के भयौं यस्ता?कहाँ निर चुक्यौं?
बाहिर त हामी राम्रै सेवा नै गर्छौ।
तर घर बसि किन मात्तिन्छौ सारा?
पढेको बुद्धि अब विदेशी भयो।
गाउँघर को शक्ति विदेश मै गयो।
बाँकी छै हामी टाठा र बाठा।
घरघरमा नेता, टोलटोलमा बाठा।
कहि कतै थिति नै छैन,हामी बन्ने नीति नै छैन।
खै ? उधोग,उत्पादन र रोजगारीको विस्तार।
भोलि हामी कहाँ पुग्छौं टुंगो नै छैन।
गर्ने लाई छैन सुखका दिन!
नगरि पाईन्छ, कुर्ची र मान।
के भनि रोकौँ विदेशीन,आफ्ना यी सन्तान।
यस्तै छ रित! तर चल्दै छ देश।
हामी नबने कसलाई पो के छ?
सम्झेर हेरौ कहाँ निर चुक्यौं?
के साँच्चै हामी नसक्ने नै हो र?