दोष जति अरुलाई दिएर
आँसुका घुट्का मात्र पिएर
न आज सप्रिन्छ न भोलि
बरु बाटोका मगन्ते जस्तै
सबैसँग थाप्दै हिँड
तिम्रो अभिमानको रित्तो झोली
बेला छँदै गरेनौ होस
देखेनौ आँखा भयौ बेहोस्
अब त पायौ कि थाहा
केही हुँदैन गरेर मात्र डाह
कान्लाको अम्ली घोटेर
बेइमान साथी भेटेर
दिउँला सोमत किनेर
भनेर साचेको मोहोर
कतै छ कि कुन्तरमा
परेछ कि अन्तरमा
निकाल चाढै खोजेर
तिम्रो लाक्षी पुस्ताले
अन्ध भई मस्तले
भएर मति कायर
बालेर मात्र टायर
अब त केही हुँदैन
कसैलाइ त छुँदैन
जबसम्म जनता जाग्दैन
चोरको चण्डाल नि भाग्दैन
कपट गरेर थाक्दैन
तिम्रो केही लाग्दै लाग्दैन
देखाउने नै भयो ढाँटले
बाँदरको जस्तो आँटले
सत्ताको गर्ने ब्रह्मलुट
परेपछि तिमी लुट र पुट
देखेर उस्को पचेको लाज
किन गर्छौ पश्चाताप!
देखेर यो सबै आँखाले
मनमनैका पक्का भाखाले
हिसाब सबै राखेका छन्
मिलान गरेरै लाने नै हुन्
तिम्रा र उस्का मतियारको
जालझेल गर्ने हतियारको
कात्रोमा राखेको गोजीको
बलात्कार र मनमौजीको।