गरिबीको कथा
मजदुरको व्यथा
रित्तो भकारीको चित्कार
रित्तो भाँडाहरुको तिरस्कार
सरकार सुन्नुहोस्!
भोकाएका नानीबाबुको आवाज
पेट भरिदिन नसकेको अभिभावकको लाज
सरकार सुन्नुहोस्!
रोगले अस्पतालमा छट्पटिरहेका
अक्सिजन नपाएका
औषधि नभेटिएका
उपचार गर्न ठाउँ नै नपाइएका
उपचार नै नपाई आफन्त गुमाएका
जनताको बिलौना
सरकार सुन्नुहोस्
बुझ्नुहोस्।
निषेधाज्ञाको विकल्प खोज्नुहोस्
हाम्रोलाई हैन, राम्रोलाई रोज्नुहोस्
सरकार सुन्नुहोस्!
हामीलाई
काम दऊ
दाम दऊ
माम दऊ
उपचार दऊ
हाम्रो बाच्न पाउने
नैसर्गिक अधिकार दऊ।