अस्पतालमा एउटा जिउँदो शरीर
लास बनेर घाट जाने
तयारी गरिरहेको छ
अस्तिसम्म स्वस्थ त्यो शरीर
मानेन रोगको डर
लगाएन मास्क
हिँड्यो लापरबाहीसँग
मानेन कानुन
भेट्यो आफ्न्त सबैलाई
फिजायो कोरोना हल्ला
मात्रै हो भन्ने हल्ला
हिजो ज्वरो आयो
सास फेर्न गाह्रो भयो
आत्तिएर
अस्पताल गयो
कोरोना पुष्टी भयो
बेड पाएन, अक्सिजन पाएन
अस्पताल बाहिर
लासको लाइन देख्यो
आफन्तको रुवाबासी सुन्यो
बरन्डामा छट्पटियो
गर्यो गल्तीको महशुस
तर समय ढिला भयो
पाएन उपचार
अनि तय गर्यो
लाइनमा
बसेर चित्तासम्मको यात्रा।