मरेको नैतिकता
उदण्ड संकल्प
नाजवाफ उत्तदायित्वबाट थलिएका
सांसद आइसियूमा भेटिँदा
कोरोना कहरमा बेड नपाएका जनतालाई
सन्तोष भएको छ।
सेतीको भेलमा बगेको गणतन्त्र
फेला पर्ने हो कि होइन भनेर
सोचमग्न विचारहरु
उद्देलित नभई
स्तब्ध भएका छन्
सत्ताका खेलाडी
बेलगामको घोडा जस्तै
फुकाफाल नैतिकता बेचिरहँदा
निर्वस्त्र भएको आदर्शले
गण्डकीको सन्देश बोकेर ल्याउँदा
गणतन्त्रको भविष्यको
जोखना हेर्नु बाँकी छ।