जिन्दगी चलिरहनु पर्छ
कतै थोरै भाच्यो
कतै थोरै जोड्यो
कतै थोरै उब्र्यो, कतै थोरै थप्यो
छेउ टाल्यो टुप्पो च्यातेर
अनि टुप्पो ढाक्यो छेउ सिमरेर
जिन्दगी गुजारिरहनु पर्छ
बस हामी रोकिनु हुँदैन।
कतै छुट्टिनु पर्छ,
कतै जोडिनु पर्छ
कतै पोखिनु पर्छ, कतै ठोकिनु पर्छ
सम्महालिएर हिँडिरहनु पर्छ
थुनिए पनि, चलायमान हुनुपर्छ
किनकि, खुलेपछि दौडिनु पर्छ
त्यसैले हिँडिरहनु पर्छ।
केही न केही गर्नु पर्छ
उही जिन्दगी घरी उधार्दै अनि फेरि बुन्दै गर्नुपर्छ
केही नभए पनि केही भए जस्तो गर्नुपर्छ
केही भए पनि केही नभए जस्तो गर्नुपर्छ।
जेसुकै भए पनि, ठिकठाक छु भन्नु पर्छ
हिँड्दै गर्नु पर्छ।
कतै अलिकति बसेर फेरि उठिहाल्नु पर्छ
कतै कोही भेटिन सक्छ
जमिन र आकाश दुवै हेरिरनु पर्छ
यिनी यथार्थ र सपना हुन्
बस् चलिरहनु पर्छ।
किनकि,
थामिनु अँध्यारो हो
चलिरहनु जिन्दगी हो।
जसरी चलिरहन्छ सारा ब्रंहाण्ड
त्यसरी चलिरहनु पर्छ।