कोराना विकराल रूप लिई फेरि फर्केछौ।
के छुटेको थियो,जो पुन: फक्रेछौं।
विगतमा त सय वर्षमा फर्केका थियौ।
किन यसपालि एकै वर्षमा फर्केछौ।
विगतका गल्तीको सजाय कति भोग्नु छ अझ घरि-घरि।
तिम्रा नयाँ भेरिन्टका रुप छन् थरिथरि।
अब कतिसम्म मानवलाई दण्डित गर्नेछौ।
के मानव सभ्यता नै सिध्याएर छाड्ने छौ?
यहि हो प्रकृति तिम्रो न्याय?
एकादेशको गल्तीले संसारै सिध्याउने?
अनाहकमा निर्दोसलाई नै बिताउने?
हिजो स्वच्छ पानी सित्तैमा दिन्थ्यौ।
आज बोतलको पानी किन्न लगायौं।
हिजो स्वच्छ हावा सित्तैमा दियौ।
आज सिलिन्डरमा अक्सिजन भर्न लगायौं।
यहि हो प्रकृति तिम्रो न्याय।
हिजो सित्तैमा,आज ज्यान लिने गरि भित्तैमा।
ब्रह्माण्डमा हावापानीको छ आफ्नै महत्व।
त्यही निधिले पृथ्वीमा रहेको छ मानव अस्तित्व।
मानवको अविवेक पूर्ण आचरणले।
प्रकृति र जिवजन्तुको दोहन भएछ।
त्यसैले आज तिम्रो कहर बर्सिरहेछ।
हावापानी र अन्नले चल्ने यो शरीर।
तिम्रो दोस्रो कहरले झनै सिथिल बनायो।
अक्सिजनको हाहाकारले श्वास लिनै गाह्रो बनायो।
भो अति भो ! तिम्रो यो कहर!
वर्ष दिन भयो हात धुँदै,मुख लुकाईरहेछौं।
तै पनि किन हो यो तिम्रो कहर घरिघरि।
कोरना कति तिम्रो अत्याचार सहि बसौँ कसरी।
हातमुख जोड्न,घर बाहिर ननिस्की बाँचौ कसरी।
के तिम्रो यो कहर शृंखलाको कुनै अन्त्य छैन?
के मानवलाई सुध्रिने मौका दिने छैनौं?
प्रण गरौं आजै ! विगतका भूलहरू नदोहोरियोस्।
मानव,प्रकृति र जिवजन्तुको स-अस्तित्व बनिरहोस्।
भौतिक दुरीसँगै नियमहरूको पालना!
तब मात्र सम्भव छ करोनाको विदाई सधैलाई!