Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, साउन १०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

नयाँ वर्ष

रस्मिला कवाङ 'रश्मि'

कविता

लाग्थ्यो , 
तिमी फगत बहाना बनेर आउँछौ 
क्यालेन्डरमा फेरिने अंकहरू मात्र 
म त उस्तै नै रही आएकी  छु
सधैं अनि अहिलेसम्म  
तर,
यो वर्ष फरक बनेर आउँदैछौ
फरक सायद तिमी होइनौ 
परिवर्तन त ममा छ 
अहम् र स्वार्थलाई सिध्याउँदै 
अनि 
सहयोग र सद्भावको लाली बन्दै 
यस्तै उत्साहको सुरूआत 
र त नयाँ लाग्दैछ 
हो, 
नयाँ वर्ष यतिबेला महसुस गर्दैछु  
सधैंझैं बिल्कुल छैन यो वर्ष 
यो चोटि  'नयाँ' टस्साउँदै 
साँच्ची,
नयाँ अनुभूति
उत्साह र उमङ 
खै ,के के पो बोकेर ल्यायौ !
तिम्रो आगमनपछि 
मात्र नयाँ नै नयाँ 
परिदृश्य कोर्दैछु 
बिम्ब प्रतिबिम्बमा 
द्रुतगतिमा बढिरहेका 
पाइलाहरूको पदचाप 
अनि 
यो समयको अस्तित्व 
सबै नयाँ छन् 
हरेक दिन नयाँ हुँदै गर्दा 
चैतको सुख्खा खडेरी 
पातहरूबिनाको रूखहरू
सूर्यबिनाको बिहानीहरू 
रङ खुइलिएका संघर्षहरू
सब नयाँ छन् 
जीवनको सन्दर्भ
फरक ढंगले प्रस्तुत हुँदा 
ढकमक्क  फूलहरू 
बासन्ती मादकता
चुलिँदै गर्दा 
सुदूर क्षितिजमा
रहरहरू, सपनाहरू  
विचरण गर्नेछन्
उही बाटोमा 
गन्तव्य उही 
फरक त मात्र समय छ 
अनगिन्ती दिनहरू
निमेषभरमै ओझेल पर्दा 
लाग्छ,
हरेक पल नयाँ 
उदाउने बिहानी नयाँ 
अस्ताउने सन्ध्या नि नयाँ 
आखिर,
जिन्दगीमा सधैं नयाँ वर्ष 
उजेलीसँगै बिउँझिने 
संकल्प र आशाहरू 
जबसम्म जीवन्त रहिरहन्छन् ....

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १५:३०
सिफारिस
डायलासिस गरिरहेका बिरामीले पानी थोरै पिउनुपर्छ, किन? (भिडिओ)
डायलासिस गरिरहेका बिरामीले पानी थोरै पिउनुपर्छ, किन? (भिडिओ)
‘अख्तियारले अब आफ्नै प्रमुखमाथि छानबिन सुरू गर्नपर्छ’
‘अख्तियारले अब आफ्नै प्रमुखमाथि छानबिन सुरू गर्नपर्छ’
बेलायती नागरिक गेल्नर भन्छन्– काठमाडौंमा हावा खाँदै साइकल चलाउन कम्ता रमाइलो हुन्थ्यो!
बेलायती नागरिक गेल्नर भन्छन्– काठमाडौंमा हावा खाँदै साइकल चलाउन कम्ता रमाइलो हुन्थ्यो!
सुख्खाग्रस्त मधेस जाँदै प्रधानमन्त्री ओली, पुल उद्घाटनसँगै किसानसँग भेटघाट गर्ने
सुख्खाग्रस्त मधेस जाँदै प्रधानमन्त्री ओली, पुल उद्घाटनसँगै किसानसँग भेटघाट गर्ने
अमेरिकी डलरको मूल्य स्थिर, अरू मुद्राको विनिमयदर कति छ?
अमेरिकी डलरको मूल्य स्थिर, अरू मुद्राको विनिमयदर कति छ?
प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची
विद्या भण्डारीले आज किन गर्दैछिन् पत्रकार सम्मेलन?
विद्या भण्डारीले आज किन गर्दैछिन् पत्रकार सम्मेलन?
कुकीको कपमा चियाको चुस्की!
कुकीको कपमा चियाको चुस्की!
केपी ओलीलाई सुरेन्द्र पाण्डेले सम्झाएको छैटौं महाधिवेशनको घटना
केपी ओलीलाई सुरेन्द्र पाण्डेले सम्झाएको छैटौं महाधिवेशनको घटना
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

यस्तै चाहन्थेँ म!
बुढ्यौली प्रेम!
बेइमान चेतना र इमानी रगत!
गुँडको शान्ति र उत्तर-आधुनिकताको बेचैनी!
उमेरमै खिच्नु रै'छ फोटो!
के मैले विदेश नगएर गलत गरेकै हो त?

विचार

सुरेन्द्र फुयाल
मसुरीका महसुर नेपाली! सुरेन्द्र फुयाल
चेतनाथ आचार्य
'स्वर्ग जाने बाटो' को यात्रामा जे देखियो चेतनाथ आचार्य
डा. मुकेशराज काफ्ले
अन्योलमा गंगा सम्झौताको भविष्य, सन् २०२६ पछि के होला? डा. मुकेशराज काफ्ले
गोकर्णप्रसाद उपाध्याय
सिडिओ भएर गएपछि जब मैले छाउगोठ भत्काउने निर्णय गरेँ... गोकर्णप्रसाद उपाध्याय

ब्लग

ज्वाला दाहाल
स्वर्गतिर एउटा पत्र! ज्वाला दाहाल
जनक सिंह भाट
एक करोड भेटेँ भने म त्यो साथीलाई एक लाख दिन्छु जसले मलाई दुई हजार दिन मानेन! जनक सिंह भाट
हिमा खड्का मनसुन
कहिल्यै सुख नपाउने भयौ आमा! हिमा खड्का मनसुन
देवेन्द्र चिनार
पैयूँ राज्यको सेतिबेनीमा यसरी लागेको थियो पहिलो मेला! देवेन्द्र चिनार

साहित्यपाटी

मिरा घिमिरे
यस्तै चाहन्थेँ म! मिरा घिमिरे
सिर्जु शाह
बुढ्यौली प्रेम! सिर्जु शाह
गणेशप्रसाद भट्टराई
बेइमान चेतना र इमानी रगत! गणेशप्रसाद भट्टराई
कुमाराज सुबेदी
गुँडको शान्ति र उत्तर-आधुनिकताको बेचैनी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP