माइला दाइले खाएर फालेको सानो
चुरोटको ठुटोबाट
ठूलो ठूलो ठूलो हुँदै
दन्किरहेको छ जंगलभरि आगोको ज्वालाहरु।
आकाशमाथि उडिरहेका सेता धुवाँहरुमा
आइरहेको छन निर्दोष पशुपन्छी र
अमूल्य जडिबुटीहरुको गन्ध।
गुन्जिरहेको छ जिउँदै जल्दै गरेको
हरिणको चित्कार
बिलौना गर्दैछिन् सन्तान गुमाएकी
कोहिली चरी।
मासिँदै छन् अमूल्य रुखहरु
उजाड हुँदैछ्न सुन्दर बस्तीहरु
जल्दैछन् जीवित लासहरु
थपिँदैछन् चिहानहरु।
पारि बसेर हेरिरहेका छन् माइला दाइ
आफ्नै घरतर्फ बढिरहेको
आगोको मुस्लाहरु।
सम्झिए परिवार
सम्झिए धन सम्पती र गाईगोरु
आगो आयो, घर जल्यो, गाईगोरु जल्यो
खरानी भयो।
अनि सम्झिए
त्यो
चुरोटको सानो ठुटो।
सानो गल्ती, ठूलो विनाश
त्यसैले चुरोटको ठुटा जथाभावी नफालौँ।
यसले ठूलो विनाश त गर्छ नै
आफ्नै उठिबास पनि लगाउन सक्छ।